१२ जना तालिबान मारिए-Sutra News

१२ जना तालिबान मारिए

बुधबार, १५ बैशाख २०७८

बुधबार, १५ बैशाख २०७८

काबुल- अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा तालिबान आतङ्ककारीका विरुद्धमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी १२ जना तालिबानको ज्यान गएको छ ।



सेनाले प्रान्तीय राजधानी घाज्नी शहरको बाहिरी इलाकामा मङ्गलबार तालिबान लडाकूलक्षित हवाई र स्थलमार्गबाट गरेको कारबाहीको क्रम ती आतङ्ककारीहरु मारिएका बताइएको छ ।

अफगानिस्तानमा तैनाथ अमेरिकी र अन्य राष्ट्रका सेनाका प्रमुख कमान्डर जनरल स्कट मिलरले अफगानिस्तानबाट बाँकी सबै विदेशी सेनाको फिर्ताको अभियान पुनः सुरु भएको बताएका छन् ।

 यसअघि अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरबाट नेटो सेनाले अफगानिस्तान छोडेका थिए । तर यहाँ शान्तिको स्थापना हुन भने सकेको थिएन ।

उनले अफगानिस्तानमा रहेका विदेशी सेनाका अखडा र उपकरण पनि अफगानी सेनालाई हस्तान्तरण शुरु भइसकेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट