भारतमा एकैदिन तीन लाख ८६ हजार कोरोना संक्रमित-Sutra News

भारतमा एकैदिन तीन लाख ८६ हजार कोरोना संक्रमित

शुक्रबार, १७ बैशाख २०७८

शुक्रबार, १७ बैशाख २०७८

नयाँ दिल्ली- भारतमा कारोना भाइरसबाट संक्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन वृद्धि हुँदै गएको छ । तीब्र गतिमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना संक्रमित भएका छन् ।



कोरोना भाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलकाअनुसार सोही अवधिमा तीन हजार ४९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

दैनिक रुपमा संक्रममणमुक्त हुनेहरुको सङ्ख्या पनि बढीरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ९७ हजार ४५० जना संक्रममणमुक्त भएको मन्त्रालयले जनाएको छ । देशभरी कुल संक्रमित मध्ये अहिलेसम्म कुल एक करोड ५३ लाख ८४ हजार ४१८ जना संक्रममणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कुल एक करोड ८७ लाख ६२ हजार ९७६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये ३१ लाख ७० हजार २२८ जना अझै पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ ।

भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार अप्रिल २९ तारिखसम्म देशभरी कुल २८ करोड ६३ लाख ९२ हजार ८६ ओटा स्वाब परीक्षण गरिएको छ । ती मध्ये पछिल्लो २४ घण्टामा १९ लाख २० हजार १०७ जनाको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।

भारतमा एकातर्फ महामारी फैलिइरहेको छ भने अर्को तर्फ कोरोनाभाइरस विरुद्धको खोप लगाउने क्रम पनि चलिरहेको छ । सरकारी अधिकारीहरुका अनुसार अहिलेसम्म १५ करोड २२ लाख ४५ हजार १७९ मात्रा खोप खपत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट