रुसको एक निजी घरमा आगलागी, एकै परिवारका आठजना खरानी-Sutra News

रुसको एक निजी घरमा आगलागी, एकै परिवारका आठजना खरानी

शनिबार, १८ बैशाख २०७८

शनिबार, १८ बैशाख २०७८

काठमाडौं- रुसको एक निजी घरमा भएको आगलागीका परी आठजनाको मत्यु भएको छ । घरमा आगो लागेको तर त्यसभित्र रहेका परिवारका सदस्य निस्किन नपाएका समाचारमा जनाइएको छ ।



पछिल्लो समाचारअनुसार सो आगलागीमा परेर दुईजना बालबालिकाको पनि मृत्यु भएको थियो । श्निबार बिहानै रुसको पर्म भन्ने क्षेत्रमा आगलागी भएको बताइएको छ । त्यसमा परेर एकै परिवारका आठ जनाको ज्यान गएको बताइएको छ ।

एक तले काठको घरमा आगो लागेको थियो । त्यसमा परेर परिवारका सदस्य सबैको ज्यान गएको थियो । यो आगलागीको घटना रहस्यमय रहेको भन्दै प्रहरीले अनुसन्धान टोली गठन पनि गरेको छ ।

सो टोलीले अनुसन्धान सुरु गरेको र सुरुमा त्यस घटनाका प्रत्यक्षदर्शीहरुसँग बयान लिने काम गरेको पनि बताइएको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट