रुसले दियो भारतलाई साढे एक लाख खोप-Sutra News

रुसले दियो भारतलाई साढे एक लाख खोप

आइतबार, १९ बैशाख २०७८

आइतबार, १९ बैशाख २०७८

हैदराबाद- कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको भारतलाई रुसले खोप सहयोग गरेको छ । रुसले कोरोना भाइरस विरुद्ध आफैंले विकास गरेको स्पुतनिक भी खोप एक लाख ५० हजार मात्रा भारतलाई प्रदान गरेको हो ।



रुसले भारतलाई सहयोग स्वरुप पठाएको खोप शनिबार भारत आइपुगेको अधिकारीहरुले जानकारी दिएका छन् । रुसले अहिले प्रारम्भिक चरणको मात्रै पठाएको र अरु पनि पठाउने तयारी भइरहेको रुसी पक्षले बताएको भारतीय अधिकारीहरुको भनाइ छ ।

खोपको अर्को मात्रा आगामी केही हप्तापछि आउने उनीहरुले बताएका छन् । रुसबाट पठाइएको खोप भारतको हैदराबादमा झारिएको हो । भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुलाई स्पुतनिक भी खोप लगाउने अनुमति यसअघि नै सरकारी निकायले दिइसकेको छ ।

भारतमा योसँगै तीन ओटा खोप प्रयोगका लागि अनुमति दिइएको छ । अरु दुई ओटा खोप कोभ्याक्सीन र कोभिसिल्ड यसअघिदेखि नै प्रयोग पनि हुँदै आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट