sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

सोमबार बढ्यो सुनको भाउ

सोमबार बढ्यो सुनको भाउ

सूत्र न्यूज

२० बैशाख २०७८
  • 226
    SHARES
  • सोमबार बढ्यो सुनको भाउ

    काठमाडौं- सोमबार नेपाली बजारमा सुनको भाउमा ४०० रुपैयाँले वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार छापावाला सुनको भाउ प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।

    त्यस्तै तेजाबी सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ कामय भएको छ । गत आइतबार बजारमा अधिकतम ९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    महासंघकाअनुसार सोमबार यता चाँदीको भाउमा पनि केही वृद्धि भएको छ । गत आइतबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ कायम भएको हो ।

    सुनको भाउमा दिनहुँ घट-बढ भइरहेको छ । तर बन्दाबन्दीका कारण सुनचाँदी पसल खुलेका छैनन् ।

    images

    प्रकाशित :बैशाख २०, २०७८ सोमवार - ११:४४:००

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.