sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

नेपाली क्रिकेट टिमलाई सफलता, अन्तर्राष्ट्रिय वरियतामा नेपाल एक स्थान माथि

नेपाली क्रिकेट टिमलाई सफलता, अन्तर्राष्ट्रिय वरियतामा नेपाल एक स्थान माथि

सूत्र न्यूज

२० बैशाख २०७८
  • 142
    SHARES
  • नेपाली क्रिकेट टिमलाई सफलता, अन्तर्राष्ट्रिय वरियतामा नेपाल एक स्थान माथि

    काठमाडौं- नेपाल टी-ट्वान्टी क्रिकेटको अन्तर्राष्ट्रिय वरियतामा एक स्थान माथि उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले आफ्नो स्थानमा सुधार गर्दै १३ औं स्थान उक्लिएको हो ।

    आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल माथि उक्लिएको हो । यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो । वैशाखमा नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधिसमेत जितेको थियो ।

    टी-ट्वान्टीको नयाँ वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ । त्यसैगरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ ।

    नेपालले एक दिवसीय वरियतामा समेत सुधार गरेको छ । एकदिवसीय वरियतामा नेपाल १६औँ स्थानमा छ । एक दिवसीयको नयाँ वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।

    images

    प्रकाशित :बैशाख २०, २०७८ सोमवार - १५:१४:५१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.