sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

ओलीको विश्वासको मत लिने निर्णय र लुम्बिनी प्रदेशका सन्दर्भमा कांग्रेसका शीर्ष नेताहरूबीच छलफल

ओलीको विश्वासको मत लिने निर्णय र लुम्बिनी प्रदेशका सन्दर्भमा कांग्रेसका शीर्ष नेताहरूबीच छलफल

सूत्र न्यूज

२१ बैशाख २०७८
  • 96
    SHARES
  • ओलीको विश्वासको मत लिने निर्णय र लुम्बिनी प्रदेशका सन्दर्भमा कांग्रेसका शीर्ष नेताहरूबीच छलफल

    काठमाडौं- वर्तमान राजनीतिक सन्दर्भमा कांग्रेस पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक जारी छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा ३ बजेदेखि बैठक बसिरहेको छ ।

    बैठकमा प्रधानमन्त्री केपी ओलीको विश्वासको मत लिने निर्णय र लुम्बिनी प्रदेशका सन्दर्भमा बैठकमा छलफल भइरहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग टेलिफोन संवाद गरेका देउवाले आज पदाधिकारीसँग गरेर प्रधानमन्त्रीको विश्वासको मतबारे आवश्यक रणनीति बनाउन लागेका हुन् ।

    प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने नदिनेबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको बैठक पनि बस्दैछ ।

    उता जसपाका महन्थ ठाकुर पक्षधरले भने ओलीलाई विश्वासको मत दिने बुझिएको छ । डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले भने विश्वासको मत दिन नहुने बताउँदै आएका छन् ।

    images

    प्रकाशित :बैशाख २१, २०७८ मंगलवार - १५:५७:३५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.