sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

सूत्र न्यूज

२१ बैशाख २०७८
  • 154
    SHARES
  • सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय
    फाइल तस्बिर

    काठमाडौं- नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    केन्द्रले समर्थन फिर्ताको पत्र भोलि संसद सचिवालयलाई बुझाउनेछ ।

    नयाँ सत्ता समीकरण बनाउन नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग भएको छलफल टुंगोमा नपुगेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिन सकेको थिएन ।

    प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि पार्टीले बैठक बसेर समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    images

    प्रकाशित :बैशाख २१, २०७८ मंगलवार - १७:११:०५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.