sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

नेपालमा कोरोना ग्राफ उच्च: एकैदिन ७ हजार ६ सय ६० जना संक्रमित, ५५ ले गुमाए ज्यान

नेपालमा कोरोना ग्राफ उच्च: एकैदिन ७ हजार ६ सय ६० जना संक्रमित, ५५ ले गुमाए ज्यान

सूत्र न्यूज

२१ बैशाख २०७८
  • 278
    SHARES
  • नेपालमा कोरोना ग्राफ उच्च: एकैदिन ७ हजार ६ सय ६० जना संक्रमित, ५५ ले गुमाए ज्यान

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ६ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ५८७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

    १६ हजार १ सय ३१ जनाको पीसीआर र ५ सय ७१ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

    योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

    यस अवधिमा एक हजार ७ सय ७५ जना संक्रमित कोरोनामुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या बढेर ५९ हजार ७ सय ९८ पुगेको छ ।

    २४ घण्टामा कोरोनाबाट ५५ जनाले ज्यान गुमाएका छन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

    योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ४ सय १७ पुगेको छ ।

    images

    प्रकाशित :बैशाख २१, २०७८ मंगलवार - १७:२३:०५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.