sutra news logo

बिहिवार, बैशाख ३० गते २०७८

कोठामा गुम्सिएर अचेत हुँदा एकको मृत्यु, दुई अवस्था चिन्ताजनक

कोठामा गुम्सिएर अचेत हुँदा एकको मृत्यु, दुई अवस्था चिन्ताजनक

सूत्र न्यूज

२१ बैशाख २०७८
  • 197
    SHARES
  • कोठामा  गुम्सिएर अचेत हुँदा एकको मृत्यु, दुई अवस्था चिन्ताजनक
    सांकेतिक फाेटाे

    भक्तपुर- सूर्यविनायकमा एउटै कोठामा अचेत रहेका तीनमध्ये एकको मृत्यु भएको र दुईको अवस्था गम्भीर छ ।

    काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका-३ गुडुवाल घर भई हाल सूर्यविनायक-१० मिलनचोक डेरा गरी बस्ने २२ वर्षीया सुनिता तामाङको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

    एउटै कोठामा अचेतावस्थामा भेटिएकामध्ये मृतककी आमा ४० वर्षीया शान्तिमाया ब्लोन र बहिनी १८ वर्षीया अनिताको भने मध्यपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा अनिता सुत्केरी भएको र कोठाका झ्याल, ढोका सबै लगाएर उनलाई सेकताप गर्न मकलमा बालिएको कोइलाका धुवाँका कारण राति अक्सिजन अभावमा अचेत भएको हुन सक्छन् । 

    images

    प्रकाशित :बैशाख २१, २०७८ मंगलवार - २०:३०:०८

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.