sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

प्रचण्ड र माधव नेपाललाई सूर्य थापाले लगाए यस्ता आरोप

प्रचण्ड र माधव नेपाललाई सूर्य थापाले लगाए यस्ता आरोप

images

सूत्र न्यूज

२९ बैशाख २०७८
  • 384
    SHARES
  • काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेकै वरिष्ठ नेता माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)प्रति कडा टिप्पणी गरेका छन् ।

    थापाले तत्कालीन नेकपाकालमा नेपाल र प्रचण्डले सरकार सञ्चालनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग नगरेको आरोप लगाउँदै नेपाली कांग्रेस पार्टीलाई समेत खोट लगाएका छन् ।

    नेपाल र प्रचण्डले सामन्त प्रवृत्ति अंगालेको, जनताको नभई आफ्नै वर्गको मात्र सेवा गरेको, आफ्नै दलको प्रधानमन्त्रीले विश्वासको मत माग्दा मसूह बनाएर असहयोग गरेको, आफूलाई युगपुरूष र राष्ट्रनायक भनाएको थापाको टिप्पणी छ ।

    ‘सामन्तको आफ्नै रवाफ परिचय हुन्छ, जालीझेली र चोरको झन् आफ्नै चिनारी बनेको हुन्छ, दलालले दलाली गर्छ, अरू केही गर्दैन, कम्युनिष्टले अरू कसैको सेवा गर्दैन, आफ्नो वर्गको सेवा गर्छ,’ थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ सच्चा कांग्रेसले ज्यान जाला अरूलाई नेता मान्दैन र चुनावमा रूखबाहेक अन्यत्र भोट हाल्दैन ।’

    ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा प्रचण्डले भतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाललाई जिताएको थापाले दाबी गरेका छन् ।


    प्रकाशित :बैशाख २९, २०७८ बुधवार - ११:४९:१६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.