भारतको महाराष्ट्रस्थित पुणेनजिक पिम्परी चिंचवाडमा एक युवकले प्रेमिकालाई मनाउनका लागि ३०० भन्दा बढी ब्यानर र होर्डिङ बोर्डहरू लगाए ।
यस्ता पोस्टर मुख्य चोकहरूमा लगाइयो । त्यसमा लेखिएको थियो, ‘प्यारी, म माफी माग्छु ।’
स्थानीय व्यापारी निलेश खेदकरले होर्डिङ बोर्ड लगाएको आरोप छ ।
प्रहरीले पिम्परी चिंचवाड नगर निगमलाई सार्वजनिक सम्पत्तिमा हानि पु–याउँदै अवैध होर्डिङ बोर्डका विषयमा निलेशविरुद्ध कारवाही गर्न भनेको छ ।
प्रहरीका अनुसार, आरोपित निलेशको खोजी उनका साथी विलास शिन्देको सहायता लिएर गरिँदैछ । शिन्देले नै होर्डिङ लगाउन सहयोग गरेका थिए ।
विलासका अनुसार, ‘निलेशले केही दिनअघि प्रेमिकासँग झगडा गरेको थियो । त्यसपछि उनी प्रेमिकालाई फकाउन चाहन्थे । शनिवार प्रेमिका मुम्बईबाट पुणे आउँदा यही सडकबाट जानुपर्ने थिए । त्यसैले माफी माग्नका लागि उनले यस क्षेत्रमा होर्डिङ बोर्ड लगाइनेछ ।’