sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

व्यापक आलोचना भएपछि रावलले डिलिट गरे नागरिकता सम्बन्धी ट्विट, के लेखेका थिए ?

व्यापक आलोचना भएपछि रावलले डिलिट गरे नागरिकता सम्बन्धी ट्विट, के लेखेका थिए ?

images

सूत्र न्यूज

११ जेठ २०७८
  • 1.8K
    SHARES
  • काठमाडौं- नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले नागरिकता सम्बन्धी सोमबार साँझ गरेको ट्विट डिलिट गरेका छन् । उनले सरकारले नागरिकता अध्यादेश जारी भएपछि वीरगञ्जमा नागरिकता लिन मानिसहरुको भिड लागेको र त्यसमा भारतबाट आएका मानिसहरूको संख्या अत्याधिक रहेको समाचार आइरहेको उल्लेख गरेका थिए ।

    ‘वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो । प्रधानमन्त्री केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडेजस्तै गर्नलाई हो कि ? नेपाली जनतालाई जवाफ चाहियो। सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौँ’, रावलले ट्विट गरेका थिए ।

    निषेधाज्ञाका कारण कार्यालयहरू बन्द छन् । यस्तो अवस्थामा नागरिकता लिन कसरी भिड लाग्यो ? भन्दै रावलको ट्विटमा प्रतिक्रिया आएको थियो । त्यसपछि रावलले मंगलबार बिहान भनेका छन्, ‘मैले वीरगञ्जमा नागरिकता लिनेको भिड देखियो भन्ने समाचार आयो सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन । सरकारले प्रष्ट पारे भइहाल्यो । तर उक्त समाचार पुरानो भनी ध्यान आकर्षित गराउनु हुने सबैलाई धन्यवाद दिँदै मेरो त्यो ट्वीट हटाउने जानकारी गराउँछु ।’

    आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ । दलहरूले पक्ष विपक्षमा अभिव्यक्ति दिइरहेका छन् भने तराई-मधेसवादी दलहरूले खुसी व्यक्त गरेका छन् ।

    bhim-rawal-tweet.jpg

     


    प्रकाशित :जेठ ११, २०७८ मंगलवार - १५:४०:१४

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.