संसारमा सबभन्दा धेरै मुसलमान जनसंख्या भएको देश इन्डोनेसियाको रुपियामा भगवान् गणेशको चित्र राखिएको छ भन्दा तपाईँलाई आश्चर्य लाग्ला ।
तर ८० प्रतिशतभन्दा बढी मुसलमान भएको देशमा अझै पनि हिन्दु संस्कृतिलाई अनुसरण गरिन्छ । त्यही क्रममा इन्डोनेसियाको २० हजार रुपियाको नोटमा भगवान् गणेशको चित्र अंकित छ ।
वास्तवमा भगवान् गणेशलाई इन्डोनेसियामा शिक्षा, कला र विज्ञानको देवता मानिन्छ । हुन त त्यो नोटमा हजर देवान्त्राको चित्र पनि अंकित छ ।
देवान्त्रा इन्डोनेसियाका स्वतन्त्रता संग्रामका नायक हुन्, त्यसैले उनको सम्मान गर्दै चित्र अंकित गरिएको हो । इन्डोनेसियामा भगवान् गणेशका अलावा अन्य धेरै देवताको पूजा गरिन्छ ।
प्राचीनकालमा हिन्दु शासकहरूले राज्य गरेका हुनाले यहाँ हिन्दु संस्कृतिको छाप रहिरहेको हो । तर सन् २०११ मा इन्डोनेसियन सरकारले यसमा परिमार्जन गरेर भगवान् गणेशको चित्र हटाएको छ । नयाँ नोट यस्तो देखिन्छ ।