sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

एकाबिहानै बस र लोडर ठोक्किएर १७ को मृत्यु

एकाबिहानै बस र लोडर ठोक्किएर १७ को मृत्यु

images

सुत्र न्यूज

२६ जेठ २०७८
  • 254
    SHARES
  • काठमाडौं– भारतको उत्तरप्रदेशस्थित कानपुरमा बुधबार बिहान यात्रुवाहक बस र लोडर एकआपसमा ठोक्किँदा १७ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

    बस लखनउबाट दिल्ली गइरहेको र तीव्र गतीमा रहेको भारतीय प्रहरी अधिकारीले बताएका छन् । मृत्यु हुनेमा अधिकांश मजदुर रहेका छन् । बिस्कुट कम्पनीमा काम गर्ने उनीहरु लोडरमा चढेर गइरहेका थिए ।

    दुर्घटनामा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुस्ख व्यक्त गरेका छन् । उनले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई/दुई लाख दिने घोषणा गरको छन् ।


    प्रकाशित :जेठ २६, २०७८ बुधवार - ०८:२६:०२

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.