sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

वर्षाका कारण भवन ढल्दा ११ को ज्यान गयो, ७ घाइते

वर्षाका कारण भवन ढल्दा ११ को ज्यान गयो, ७ घाइते

images

सूत्र न्यूज

२७ जेठ २०७८
  • 102
    SHARES
  • वर्षाका कारण भवन ढल्दा ११ को ज्यान गयो, ७ घाइते
    सांकेतिक फाेटाे

    एजेन्सी । मुम्बईमा निरन्तर वर्षाका कारण एक भवन ढल्दा ११ जनाको ज्यान गएको छ ।

    हिजो बुधबार दिनभर पानी परेको कारण मुम्बईको मालवानी इलाकामा चार तले भवन ढलेको थियो । ढलेको भवन अर्को भवनमा ठोक्किएको थियो ।

    दुर्घटनामा परेर पुरिएका १८ जना मध्ये ११ जनाको मृत्यु भएको र ७ जना घाइते भएका अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

    मालवानी इलाकामा भएको दुर्घटनापछि विपद् नियन्त्रक टोलीले घटनास्थल पुगेर उद्धार गरेको थियो ।

    उक्त इलाकामा अझै वर्षाको संभावना भएको कारणले सावधान रहनका लागि अनुरोध गरिएको छ ।


    प्रकाशित :जेठ २७, २०७८ बिहिवार - १०:२६:३७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.