sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

images

सूत्र न्यूज

२७ जेठ २०७८
  • 264
    SHARES
  • घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    साताको पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

    निरन्तर उकालो लागेको सुनको मूल्य आज भने ३०० रुपैयाँले घटेको हो ।

    हिजो बुधबार प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेर ९३ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    यस्तै आज तेजाबी सुन पनि तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । 

    तर आज चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको छ । 


    प्रकाशित :जेठ २७, २०७८ बिहिवार - ११:१९:२५

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.