sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

मुख्यमन्त्रीको रिसः दिपक मनाङे मन्त्रीबाट पदमुक्त 

मुख्यमन्त्रीको रिसः दिपक मनाङे मन्त्रीबाट पदमुक्त 

images

सुत्र न्यूज

२८ जेठ २०७८
  • 371
    SHARES
  • काठमाडौं- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे) लाई पदमुक्त गरेका छन् ।

    बिहीबार विश्वासको मत नपाएपछि सरकार काम चलाउमा सीमित भएको छ ।

    गुरुङले उनले मनाङेलाई पदमुक्त गरिएको पत्र प्रदेशप्रमुखलाई पठाएका छन् । बहालवाला मन्त्री भएर पनि विश्वासको मत नदिएपछि मनाङेलाई गुरुङले पदमुक्त गरेका हुन् ।

    बिहीबार मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने क्रममा मतदानका बखत मनाङे प्रदेशसभामा अनुपस्थित थिए ।

    मनाङेले सम्हाल्दै आएको युवा तथा खेलकुद मन्त्रालय अब आफैंले सम्हाल्ने गुरुङले प्रदेश प्रमुखलाई पठाएको पत्रमा उल्लेख छ ।

    यता मनाङेले भने आफूले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।


    प्रकाशित :जेठ २८, २०७८ शुक्रवार - ०६:२०:२०

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.