sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

युरोकपमा पोर्चुगलको नमिठो हार, जर्मनीको गोल वर्षा

युरोकपमा पोर्चुगलको नमिठो हार, जर्मनीको गोल वर्षा

images

सुत्र न्यूज

६ आषाढ २०७८
  • 389
    SHARES
  • काठमाडौं- जर्मनीले शनिबार राती भएको खेलमा पोर्चुगललाई ४-२ गोलले पराजित भएको छ । जर्मनीको म्युनिखमा भएको खेलमा जर्मनीका लाा‍‍‍‍‍गि काई हाभार्ज्ट र रोबिन गोसेन्सले गोल गोल गरे ।

    खेलमा सुरुवाती अग्रता भने पोर्चुगलले लिएको थियो।क्रिस्टियानो रोनाल्डोले १५ औँ मिनेटममा अग्रता दिलाएका थिए ।

    तर पोर्चुगलकै दुईवटा आत्मघाती गोलमा जर्मनीले अग्रता लिएको थियो । पोर्चुगलका रुबेन डियासले ३५ र राफायल गुएर्रोले ३९ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए ।

    हाभार्ज्टले ५१ र गोसेन्सले ६० औँ मिनेटमा गोल गर्दै टोलीको जित आधार बलियो बनाएका थिए ।

    समूहमा २ खेलपछि फ्रान्स ४ अंकसहित शीर्षस्थानमा छ । २ खेलपछि जर्मनी र पोर्चुगलको ३-३ अंक छ । २ खेल खेलेको हंगेरीको १ अंक छ । समूहको अन्तिम खेलमा जर्मनीको हंगेरी र पोर्चुगलको फ्रान्ससँग प्रतिस्पर्धा हुने छ ।


    प्रकाशित :आषाढ ६, २०७८ आइतवार - १२:०३:३३

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.