sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

सबै पार्टी नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न: डा.बाबुराम भट्टराई

सबै पार्टी नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न: डा.बाबुराम भट्टराई

images

सुत्र न्यूज

६ आषाढ २०७८
  • 487
    SHARES
  • काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन नै देशको संकटको प्रमुख कारण रहेको औंल्याएका छन् । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष समेत रहेका उनले कांग्रेस, कम्युनिस्ट र समाजवादी रूपान्तरण हुनुपर्ने बताए ।

    डा.भट्टराईले आइतबार बिहान ट्वीट गर्दै समस्या एकातिर तर समाधान अर्कोतिर खोज्न नहुने उल्लेख गरेका छन् भने पार्टीहरूलाई नयाँ बनाउन आँट गर्नुपर्ने बताएका छन् ।

    ‘भनिन्छ- टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो,’ डा.भट्टराईले भनेका छन्, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिस्ट ‘कम्युनिस्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु !’

    उनले पार्टीहरू रूपान्तरण हुनुपर्ने बताए । ‘कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है,’ उनले भनेका छन् ।


    प्रकाशित :आषाढ ६, २०७८ आइतवार - १४:२५:२२

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.