sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

वरिष्ठ कवि वैरागी काइँलाको स्वास्थ्यमा सुधार

वरिष्ठ कवि वैरागी काइँलाको स्वास्थ्यमा सुधार

images

सुत्र न्यूज

१४ आषाढ २०७८
  • 217
    SHARES
  • काठमाडौं- नेपाली साहित्यका वरिष्ठ कवि वैरागी काइँला अस्पताल भर्ना भएका छन् । चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका कविको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको अस्पतालले जनाएको छ ।

    सुकेधारामा रहेकाे घरमा बस्दै आएका काइँला बिहीबार साँझ बेहोस भएका थिए । काइँलाको स्वास्थ्य अवस्थाबारे चासो राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानले स्वास्थ्यलाभको कामना गरेको छ ।

    प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ र सदस्यसचिव प्रा.जगतप्रसाद उपाध्यायले विज्ञप्ति जारी गरी उक्त कामना गरेका हुन् । काइँला प्रतिष्ठानका पूर्वकुलपति समेत हुन् ।

    काँइला नेपाली साहित्यमा आयामेली अभियानका हस्ती एवम् मुन्धुम दर्शनका व्याख्याता हुन् ।


    प्रकाशित :आषाढ १४, २०७८ सोमवार - ०१:२५:२८

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.