sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

अस्ताए बलिउड अभिनेता दिलीप कुमार

अस्ताए बलिउड अभिनेता दिलीप कुमार

images

सुत्र न्यूज

२३ आषाढ २०७८
  • 273
    SHARES
  • काठमाडौं- बलिउड अभिनेता दिलीप कुमारको निधन भएको छ ।

    भारतीय समयानुसार बुधबार बिहान साढे सात बजे मुम्‍बईको खार हिंदुजा अस्पतालमा ९८ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्‍चारमाध्‍यमले जनाएका छन् ।

    उनले ८ पटक ‘बेस्ट एक्टर’ का रूपमा फिल्मफेयर अवार्ड पाएका थिए ।

    यस्‍तै हिन्‍दी सिनेमामा सबैभन्‍दा ठूलो सम्‍मान मानिने ‘दादा साहेब फाल्के अवार्ड’ बाट पनि उनलाई सम्‍मानित गरिएको थियो ।

    सन २०१५ मा भारत सरकारले उनलाई पद्‍म भूषण पनि दिएको थियो ।


    प्रकाशित :आषाढ २३, २०७८ बुधवार - १४:४६:३४

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.