sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

इद अल–अदाको पूर्वसन्ध्यामा इराकमा भीषण बम विस्फोट, २८ जनाको मृत्यु

इद अल–अदाको पूर्वसन्ध्यामा इराकमा भीषण बम विस्फोट, २८ जनाको मृत्यु

images

सुत्र न्यूज

५ श्रावण २०७८
  • 112
    SHARES
  • बग्दाद- इराकको राजधानी बग्दादको पूर्वी भागमा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको यहाँ गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

    बग्दादको सुबुर्ब जिल्लाको सदर सहरस्थित प्रख्यात बजारमा मुस्लिमहरूको चाड इद अल–अदाको पूर्वसन्ध्यामा भएको यस आत्मघाती हमलामा कम्तीमा २८ जनाको मृत्यु हुनुको साथै अन्य ६६ जना घाइते भएका प्रहरी स्रोतले जनाएको छ ।

    केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । इराकका प्रधानमन्त्री मुस्ताफा अल काद्हिमी सुरक्षा र गुप्तचर निकायका अधिकारीहरुसँग यस भीषण आक्रमणको विषयमा छलफल सुरु गरेको सरकारी अधिकारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    जारी विज्ञप्तिमा काद्हिमी आक्रमणका पीडित परिवारलाई सहयोग गर्ने र आतंककारीहरूको खोजी गर्ने वाचा गरेका छन् ।

    इराकी राष्ट्रपति बारहम सलिहले ट्वीटमार्फत ईद अल–अधाको पूर्वसन्ध्या भएको यस घटनालाई एउटा जघन्य अपराध र क्रूरता भएको बताएका छन् । सांकेतिक तस्बिर । 


    प्रकाशित :श्रावण ५, २०७८ मंगलवार - १८:४५:२८

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.