sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

आजको मौसमः केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसमः केही स्थानमा भारी वर्षाको सम्भावना

images

सुत्र न्यूज

७ श्रावण २०७८
  • 84
    SHARES
  • काठमाडौं- देशभरको मौसममा अझै सुधार हुन सकेको छैन । निरन्तरको वर्षाका कारण नदीको बहाव बढेर बाढी आउने तथा पहिरो खसेर जनधन हुनेक्रम रोकिएको छैन ।

    यहाँहरूलाई दैनिक रूपमा मौसमबारे जानकारी दिनेक्रममा बिहीबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार मनसुनको न्यून चापिय रेखा तराई नजिक रहँदा अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

    यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।


    प्रकाशित :श्रावण ७, २०७८ बिहिवार - ०६:५७:३८

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.