sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

जसपा आधिकारिता विवादको टुंगो लगाउँदै आयोग

जसपा आधिकारिता विवादको टुंगो लगाउँदै आयोग

images

सुत्र न्यूज

७ श्रावण २०७८
  • 343
    SHARES
  • काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता प्राप्त गर्ने महन्थ ठाकुर र उपेन्द्र यादव पक्षको दाबीबारे निष्कर्ष दिन निर्वाचन आयोगको इजलास आज बस्दै छ ।

    तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोण नमिलेपछि जसपामा दुई पक्षमा विभाजन भएको हो । यसपछि दुवैले पार्टीको आधिकारिक पक्ष आफू भएको दाबी आयोगमा पेस गरेका हुन् ।

    विवाद निरुपणका लागि प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा ५ सदस्सीय इजलास गठन गरेको हो ।

    आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार केन्द्रीय कार्यकारिणी समितिको बहुमत हेरेर निर्णय गरिनेछ ।

    राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणका आधारमा कुनै पक्षलाई आधिकारिता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत हुनेलाई मान्यता दिइने प्रावधान छ ।


    प्रकाशित :श्रावण ७, २०७८ बिहिवार - ०९:५१:५५

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.