sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

माधव नेपाललाई 'गद्दार' बाट 'दोस्रो अध्यक्ष' बनाउँदै ओली

माधव नेपाललाई 'गद्दार' बाट 'दोस्रो अध्यक्ष' बनाउँदै ओली

images

सूत्र न्यूज

७ श्रावण २०७८
  • 338
    SHARES
  • माधव नेपाललाई 'गद्दार' बाट 'दोस्रो अध्यक्ष' बनाउँदै ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका छन् ।

    एमालेको बुधबार बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका हुन् ।

    ओलीले नेपाललाई दोस्रो अध्यक्ष दिन्छु भनेतापनि नेपालले यसबारेमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

    माधव पक्षका नेताहरुले ओलीको आश्वासनमा माधव नेपाल भुल्न नहुने बताउँछन् ।

    पछिल्लो समय आन्तरिक विवादका कारण अध्यक्ष ओलीले बोलाएको कुनै पनि बैठकमा माधव नेपाल पक्ष सहभागी भएको छैन ।

    सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश गरेपछि देउवा प्रधानमन्त्री नियुक्त भए । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले बालुवाटार छाड्नुपर्यो ।

    उनले बालुवाटार छाडेर बालकोट गएकै दिन माधव नेपाललाई 'गद्दार' भएको आरोप लगाएका थिए ।  

    ओलीले देउवालाई विश्वासको मत दिने एमालेका नेपालसहित २२ जना सांसदहरुलाई अनुशासनहीन, अराजक, अनैतिक तरीकाले विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य गरेको भन्दै स्पष्टीकरण पत्र पठाइसकेका छन् ।


    प्रकाशित :श्रावण ७, २०७८ बिहिवार - १२:२४:२३

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.