sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

आफैंले समर्थन गरेको सरकारलाई लात्ती लगाएर फ्याँक्नुपर्ने भो – चित्रबहादुर केसी

आफैंले समर्थन गरेको सरकारलाई लात्ती लगाएर फ्याँक्नुपर्ने भो – चित्रबहादुर केसी

सूत्र न्यूज

८ श्रावण २०७८
  • 2.6K
    SHARES
  • आफैंले समर्थन गरेको सरकारलाई लात्ती लगाएर फ्याँक्नुपर्ने भो – चित्रबहादुर केसी

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफैंले समर्थन गरेको सरकारलाई लात्ती लगाएर फ्याँक्नुपर्ने अवस्था आएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्टि प्रकट गरेका छन् ।

    images

    आज ललितपुरको च्यासलस्थित तुलसीलाल आमात्य स्मृति प्रतिष्ठानको भवनमा पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै अध्यक्ष केसीले ओली र राष्ट्रपति विद्यादेवी भण्डारीप्रति आक्रोशित बनेका हुन् ।

    'हामी कस्तो कम्युनिस्ट पार्टीको नेतृत्वमा पर्यौं ? त्यति गरेर जिताइयो, आफैंले समर्थन गरेको सरकारलाई लात्तीको पार लगाएर फाल्नुपर्यो । तिघ्रामा पिलो जम्यो भने त फाल्नुपर्यो,' केसीले भने ।

    उनले जनतालाई खोप चाहिएका बेला निवर्तमान सरकारले भोट हाल्न आउ भनेको स्मरण गरे ।  

    'धारा ७६ को उपधारा ५ को व्यवस्था नगरेको भए, नेपाली जनताले माग्ने खोप, सरकार र राष्ट्रप्रमुखले ब्यालेट पेपर दिने हुने रहेछ,' उनले भने ।


    प्रकाशित :श्रावण ८, २०७८ शुक्रवार - १४:५९:१८

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.