sutra news logo

शुक्रवार, आश्विन ८ गते २०७८

images
images

टोकियो ओलम्पिक- जुडोकी सोनिया भट्ट पहिलो खेलमै रुसी खेलाडीसित पराजित

टोकियो ओलम्पिक- जुडोकी सोनिया भट्ट पहिलो खेलमै रुसी खेलाडीसित पराजित

सूत्र न्यूज

९ श्रावण २०७८
  • 251
    SHARES
  • टोकियो ओलम्पिक-  जुडोकी सोनिया भट्ट पहिलो खेलमै  रुसी खेलाडीसित पराजित

    जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् ।

    images

     केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग पाराजित भएकी हुन् ।

    जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औँ स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व बरियताको नवौँ स्थानमा रहेकी छन् ।

    भट्टले डोल्गोभासित इप्पोनको आधारमा पराजय भएकी हुन् । भट्टले सो खेलमा विपक्षी खेलाडसित एक मिनेट १६ सेकेण्डसम्म मात्र भिड्न सकिन् । उनी वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएकी हुन् ।

    भट्टले २०७६ मङ्सिरमा नेपालमै भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा महिला ४८ किलोमुनिको तौलमा कास्य पदक प्राप्त गरेकी थिइन् ।


    प्रकाशित :श्रावण ९, २०७८ शनिवार - ११:३०:५४

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.