सिंहदरबार गेटमै स्कुटर दुर्घटना, २९ वर्षीय युवकको मृत्यु-Sutra News

सिंहदरबार गेटमै स्कुटर दुर्घटना, २९ वर्षीय युवकको मृत्यु

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

काठमाडौँ । काठमाडौंको अनामनगर स्थित सिंहदरबार पूर्वी गेटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।



मंगलबार राति प्रदेश–३–०१–००६ख ०७९७ नम्बरको टिपरमा बा.२ ब ७५८९ नम्बरको स्कुटर ठोकिँदा स्कुटर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २९ वर्षीय चालक सन्देश बुढाथोकी रहेका छन् । उनको उपचारको क्रममा सिभिल हस्पिटलमा मृत्यु  भएको प्रहरीले जनाएको छ ।

टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट