प्रवेश पत्रको आधारमा विद्यार्थीले कोरोना खोप लगाउन पाउने, यी हुन् चार खोप केन्द्र-Sutra News

प्रवेश पत्रको आधारमा विद्यार्थीले कोरोना खोप लगाउन पाउने, यी हुन् चार खोप केन्द्र

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिने निर्णय गरेको छ ।



अब परीक्षामा सामेल हुने परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोप लगाउन पाउने भएका छन् । परीक्षार्थीलाई खोप लगाउन काठमाडौँमा चार खोप केन्द्र तय गरिएको छ ।

प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, शशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र बसुन्धाराबाट खोप लगाउने व्यवस्था मिलाइएको  छ ।

अहिले विद्यार्थीहरुले खोप नपाएसम्म परीक्षा नदिने भन्दै प्रदर्शन गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट