लुम्बिनीमा नयाँ सरकार गठन हुँदै, केसीलाई मुख्यमन्त्री बनाउन बुझाइयो ४२ जनाको हस्ताक्षर-Sutra News

लुम्बिनीमा नयाँ सरकार गठन हुँदै, केसीलाई मुख्यमन्त्री बनाउन बुझाइयो ४२ जनाको हस्ताक्षर

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठन गर्न चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ ।



माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)लाई मुख्यमन्त्री बनाउने भन्दै उनीहरुले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।

यसअघि नेपाली काँग्रेस र माओवादीले बाँकी रहेको १६ महीनामा आलोपालो गरेर सरकार चलाउने सहमति भइसकेको छ ।

बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका आह्वान गरेका थिए ।

प्रदेश प्रमुख कार्यालयका चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, ‘संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २०७८ साउन २८ गते बिहीबार अपराह्न ३:०० बजेभित्र दाबी पेश गर्न माननीय प्रदेश प्रमुखज्यूले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आह्वान गर्नुभएको छ।’

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट