अहिलेका नेतामध्ये ओली सबैभन्दा उत्कृष्ट – टोपबहादुर रायमाझी  -Sutra News

अहिलेका नेतामध्ये ओली सबैभन्दा उत्कृष्ट – टोपबहादुर रायमाझी  

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

एमालेमा लागेका पूर्व माओवादी नेता टोपबहादुर रायमाझीले केपी शर्मा ओली सबैभन्दा उत्कृष्ट नेता भएको टिप्पणी गरेका छन् ।



उनले समकालीन शीर्ष नेतामध्ये ओली सबैभन्दा राम्रो भएको भन्दै सूत्रन्यूजसँगको अन्तर्वार्तामा दाबी गरेका हुन् ।

अन्तर्वार्ताका क्रममा रायमाझीले अहिलेका सबै सिनियर नेतामध्ये केपी शर्मा ओली उत्कृष्ट नेता भएको दाबी गरे । ‘समकालीन सिनियर नेतामध्ये केपी शर्मा ओली सबैभन्दा राम्रो नेता हो,’ रायमाझीको तर्क थियो ।

रायमाझीले एमालेमा माधवकुमार नेपालहरू पीडित भएजस्तै आफूहरू पनि प्रचण्डबाट पीडित भएको संकेत गरे ।

‘केपीजीसँग माधवजी पीडित हुनुभयो भने, प्रचण्डबाट पीडित हुने नेता पनि त होलान् नि !’ रायमाझीले भने, ‘म त पीडित होइन, तर मेरो उहाँसँग असहमति हो । जतिबेला प्रचण्डसँग थियौं, हाम्रो त्यतिबेलै संघर्ष चलिरहेको थियो ।’

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओरालो लागेपछि आफूहरू एमालेमा फर्केको टिप्पणी गरेका छन् ।

बुधवार सूत्रन्यूजसँगको अन्तर्वार्तामा रायमाझीले प्रचण्ड ओरालो लागेपछि माओवादी केन्द्र खारेज गरेर नेकपा बनाएको बताएका हुन् ।

‘प्रचण्ड ओरालो लाग्दै गएपछि हामीले माओवादी पार्टीलाई खारेज गरेर नेकपा बनाएका हौँ,’ अन्तर्वार्ताका क्रममा रायमाझीले भने, ‘अहिले नेकपाको निरन्तरतामा छौं, सर्वोच्च अदालतका कारण एमाले भन्नुपर्ने स्थिति आयो ।’

उनले अदालतले एमाले र माओवादी ब्युँताएको भएपनि आफूहरू पूर्ववत पार्टीमा फर्किन नसकेको बताए ।

‘अदालतको फैसलाका कारण हामी पूर्वस्थानमा फर्केनौं,’ रायमाझीले भने, ‘अदालतले कसैलाई एमाले हौ, कसैलाई माओवादी हौ, कसैलाई जनमोर्चा हौ भनेर भन्न मिल्छ ? हाम्रो व्यक्तिगत स्वतन्त्रताको कुरा हुँदैन ?’

हेर्नुहोस् रायमाझीसँगको भिडियो अन्तर्वार्ताको पूर्ण अंश –

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट