ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?-Sutra News

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

काठमाडौँ । साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।



बिहीबार बुधबारको तुलनामा ६ सय रुपैयाँले बढ्दै छापावाला सुन ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्यमा पनि वृद्धि भएको छ । आज तेजावी सुन प्रतितोला ८८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनको मूल्यमा वृद्धि हुँदा आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी अघिल्लो दिनको मूल्य प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट