पारसले कोरेको बाटोमा पछिल्लो पुस्ताले फरक पहिचान स्थापित गर्न सक्नुपर्छ- विश्वप्रकाश शर्मा-Sutra News

पारसले कोरेको बाटोमा पछिल्लो पुस्ताले फरक पहिचान स्थापित गर्न सक्नुपर्छ- विश्वप्रकाश शर्मा

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

काठमाडौँ l  नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काहरुले कोरेको बाटोमा फरक पहिचान स्थापित गर्न पछिल्लो पुस्ता समर्थ बन्नुपर्ने बताएका छन् ।



खड्कालाई सम्मान व्यक्त गर्दै नेता शर्माले यस्तो बताएका हुन्l

‘देशहरुको प्रसिद्धि र पहिचान संसारमा अनेक ढंगले भएका हुन्छन् l खेल, कला र साहित्यले बिशेष भुमिका राख्दछन् l आज पारस खड्काहरुले कोरेको बाटोमा देशको फरक पहिचान स्थापित गर्न पछिल्लो पुस्ता समर्थ बन्नुछ l नेपाली खेलकुदको विकासमा राज्य र राजनीतिले पनि नविन सोच विकसित गर्नुछ l’ उनले भनेका छन् l

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट