एमसीसीमा पूर्वऊर्जामन्त्री रायमाझीको ‘यु टर्न’ : पहिला – पास गर्नैपर्छ, अहिले – राष्ट्रघाती छ-Sutra News

एमसीसीमा पूर्वऊर्जामन्त्री रायमाझीको ‘यु टर्न’ : पहिला – पास गर्नैपर्छ, अहिले – राष्ट्रघाती छ

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

अमेरिकी सहयोग परियोजना (एमसीसी)का बारेमा तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आफ्नो धारणा परिवर्तन गरेका छन् ।



गत पुस १२ गते दोस्रोपटक ऊर्जामन्त्री बनेका रायमाझीले पदबहाली गर्ने क्रममा एमसीसी लागू गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

तर बुधवार सूत्रन्यूजसँगको अन्तर्वार्तामा भने उनले कुनै हालतमा पनि एमसीसी लागू गर्न नसकिने टिप्पणी गरेका छन् ।

त्यतिबेला ऊर्जामन्त्रीका रूपमा पदबहाली गर्दा के भनेका थिए रायमाझीले ?

एमसीसीमा कोही कोही मानिसहरू राजनीतिकर्ना गरेका छन् र यसमा भ्रम फैलाउन खोजिएको छ । एमसीसीमा कतिपय संसोधन गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने खालको बुँदा छन् भने करेक्सन गर्न सकिन्छ ।

विदेशी लगानी ल्याउन हुन्न, अपराध हो, हाम्रो देश कोल्याप्स नै हुन्छ, स्वाभिमान गुम्छ, आक्रमण हुन्छ भन्ने कुरा मान्न म तयार छैन ।

१० वर्षदेखि एमसीसी पास हुँदै आएको छ । जो प्रधानमन्त्री बनेपनि जो अर्थमन्त्री बनेपनि पास गर्दै आएको स्थिति हो । पछिल्लो समय आइपीएस सम्बन्धित भएकाले विवाद बढेको हो, यसलाई स्पष्ट गर्नुपर्छ । एमसीसी अन्तर्गत सडक र ऊर्जा क्षेत्रमा लगानी आएको हो, यसलाई स्वीकार्न तयार हुनुपर्छ ।

कोशी गण्डकी र कर्णाली बेसिन अन्तर्गतका सबै हाइड्रो पावर छन्, त्यसबाट निस्केको बिजुली हामीले मात्र खपत गर्न नसकिने र त्यसलाई डोहोर्याएर लप्सीफेदीबाट तनहुँ पाल्पा र भैरहवा लैजाने निर्णय भएको हो, त्यसलाई असफल हुने कुरा गर्नु ठीक होइन ।

किन पाल्पा लगियो ? त्यहाँ ठूला ठूला डाँडा छन् अमेरिकी सेना आएर बस्छन् र नेपाल कब्जा गर्छन् भनेर बकवास गर्ने गरिएको छ । वास्तवमा भन्ने हो भने एमसीसीलाई लागू गर्नुपर्छ भन्ने मेरो प्रष्ट धारणा छ ।

सूत्रन्यूजसँग अन्तर्वार्ताका क्रममा के भने ?

म एमसीसीका पक्षमा छु भनेर बकवास प्रचार गरियो । कुनै पनि हालतमा एमसीसी लागू हुनुहुँदैन भन्ने मेरो धारणा छ । म ऊर्जामन्त्री हुँदा त्यही लागू हुनुपर्छ भनेर भनेको छैन । नेपालको ऊर्जा र सडकमा लगानी गर्ने भनेको छ एमसीसीले, जेजे सम्झौता छन् तीमध्ये कैयौं बुँदा राष्ट्रघाती छन् ।

मैले भनेको के भने, कि त यो एमसीसी खारेज गरौँ, कि त कि नेपालको हीत अनुकूल बनाएर त्यस्ता राष्ट्रघाती बुँदाहरूलाई करेक्सन गरौँ ।

यसलाई धेरै लेट गर्नु हुँदैन । या त यसलाई खारेज गरौँ । हाम्रो देशमा जुन किसिमको ऊर्जा क्षेत्रमा विकास भैरहेको छ, जति मेघावाट विद्युत उत्पादन गर्दैछौं, हामीसँग ट्रान्समिसन लाइन छैन ।

यसमा झुण्डिएर नबसौं, या त खारेज गरौँ । हाम्रो देशले लगानी गरेर पनि ट्रान्समिसन बनाऔं । ओलीले वास्तवमा एमसीसी लागू नगरेकै हो । तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुँदा एमसीसी आएको हो, त्यसयताका हरेक सरकारले एमसीसी ओन गरेका छन् । केपी ओलीले पनि त्यही गर्नुभएको हो । उहाँले वास्तवमा एमसीसी लागू नगरेकै हो ।

पढ्नुहोस् यो पनि – 

टोपबहादुर भन्छन् - प्रचण्ड ओरालो लागेपछि हामीले माओवादी छोडेका हौँ [अन्तर्वार्ता] टोपबहादुर भन्छन् – प्रचण्ड ओरालो लागेपछि हामीले माओवादी छोडेका हौँ [अन्तर्वार्ता]

 

मैले प्रचार नगरेर मात्र हो, लोडसेडिङ हटाएको मैले हो – रायमाझी [अन्तर्वार्ता] मैले प्रचार नगरेर मात्र हो, लोडसेडिङ हटाएको मैले हो – रायमाझी [अन्तर्वार्ता]

 

हेर्नुहोस् रायमाझीसँग लिइएको भिडियो अन्तर्वार्ताको पूर्ण अंश –

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट