माओवादी सांसदको चिन्ता : कुलमान बुढो भएपछि के हुन्छ ?-Sutra News

माओवादी सांसदको चिन्ता : कुलमान बुढो भएपछि के हुन्छ ?

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले नेपाल विद्युत प्राधिकरणमा भर्खरै पुन:नियुक्ति पाएका कुलमान घिसिङको उमेरका बारेमा टिप्पणी गरेका छन् ।



आज बसेको प्रतिनिधि सभाको बैठकमा जुम्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद महतले व्यक्तिले नभई प्रणालीले सबै कुरा सुधार्ने बताए ।

उनले भने, ‘म सांसद भएर आएपछि २ वटा सरकार देखें, एउटा सरकारले हनुमान मात्र देख्ने, अर्कोले कुलमान मात्र देख्ने । हनुमानले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई डुबाए, कुलमानले विद्युत् प्राधिकरणलाई नाफामा त लगेका छन् ।’

उनले विद्युत प्राधिकरण मात्र नाफामा गएको र अरू पनि प्राधिकरण सुधार्नुपर्ने बताए । ‘कुलमान बूढो भएपछि के गर्छ यो सरकारले ?’ उनको प्रश्न थियो, ‘विद्युत् प्राधिकरण मात्र छ, अरु प्राधिकरण छैनन् ? नेपाल वायु सेवा निगम सुधार्नु पर्दैन ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट