जब झिंगा मार्ने चक्करमा घर विस्फोटन भयो-Sutra News

जब झिंगा मार्ने चक्करमा घर विस्फोटन भयो

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

फ्रान्सको एउटा गाउँमा एक वृद्ध मानिसले झिङ्गा धपाउने प्रयास गर्दा उनको घरमा विस्फोटन भएको छ। व्यक्तिले झिंगा मार्ने कोसिस गरे तर यो चक्करमा उनको घरको ठूलै भाग जलेको छ ।



फ्रान्सको दोर्दोनमा बस्ने करिब ८० वर्षका एक वृद्ध रातीको खाना खान बसेका थिए तर एउटा झिंगा भन्किँदा उनलाई रिस उठ्न थाल्यो ।

रातिको भोजन गर्न बस्न लागेको बेला एउटा झिङ्गाले दुःख दिएपछि उनले किरा–फट्याङ्ग्रा मार्न काम लाग्ने इलेक्ट्रोनिक र्याकेट उठाए र झिङ्गा मार्ने कोसिस गरे ।

तर त्यतिबेला उनको घरमा ग्यास लिक भइरहेको थियो जसका कारण इलेक्ट्रोनिक र्याकेट हावामा चलाउँदा बिस्फोट भयो ।

बिस्फोटमा उनको भान्साकोठा र घरको छतमा निकै क्षती पुगेको छ ।

स्थानीय मिडियाका अनुसार उक्त बिस्फोटमा उनी बाँच्न सफल भएका छन् तर उनको हात आगोले पोलेको छ ।

हाल उनीहरु एउटा क्याम्पमा बसिरहेका छन् र उनको परिवार घरको मर्मत गरिरहेका छन् । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट