देउवालाई गगनको प्रश्न- राती ८ बजेदेखि कोरोना सर्ने दिउँसोमा नसर्ने हुन्छ र ?-Sutra News

देउवालाई गगनको प्रश्न- राती ८ बजेदेखि कोरोना सर्ने दिउँसोमा नसर्ने हुन्छ र ?

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारले कोरोना व्यवस्थापनका लागि आवश्यक कदम चाल्न नसकेको बताएका छन् ।



बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता थापाले सरकारले कोरोनाको दोस्रो लहर सकिएको आधार प्रस्तुत नगरिकन तेस्रो लहर भन्दै प्रचार गरेको बताए ।

त्यस्तै उनले कोरोना संक्रमित परीक्षार्थीले पनि परीक्षा दिएको बताएका छन् । उनले त्यसमा गम्भीर आपत्ति जनाएका छन् ।

राती ८ बजेदेखि सवारी संचालन गर्न नदिने भन्ने विषयमा गगन थापाले आपत्ति जनाएका छन् । बैठकमा बोल्दै उनले भने, ‘राती ८ बजेदेखि कोरोना सर्ने, दिउँसोमा नसर्ने हुन्छ र ?’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट