सदनमा चर्काचर्की : मेन्टल्ली बिग्रेकोले परमादेश भन्छ – मातृका, यस्तो कुरा एमालेले सहन्न – विशाल-Sutra News

सदनमा चर्काचर्की : मेन्टल्ली बिग्रेकोले परमादेश भन्छ – मातृका, यस्तो कुरा एमालेले सहन्न – विशाल

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा माओवादीका सांसद मात्रिका यादव र एमालेका मुख्य सचेतक विशाल भट्टराईबीच चर्काचर्की परेको छ ।



जतिबेला पनि परमादेश भन्नेहरूको मेन्टल्ली बिग्रेको भन्दै यादवले टिप्पणी गरेपछि भट्टराईले नियमापत्ती गर्दै रेकर्डबाट हटाउन आग्रह गरेका थिए ।

संसदमा बोल्दै यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै भनेका थिए, ‘प्रधानमन्त्री हुन संविधान स्वीकार्ने, प्रधानमन्त्री हुन सम्झौता तोड्ने, प्रधानमन्त्रीमै हुन गठबन्धन बनाउने, प्रधानमन्त्रीमै रहन त्यसलाई पनि तोड्ने, नैतिकता हुनुपर्दैन ?’

उनले ओलीमाथि सुगा रटान गरेजस्तो परमादेश भनिरहेको आरोप लगाए । ‘सुगा रटान जस्तो, परमादेश, परमादेश, परमादेश,’ यादवले भने, ‘जसको मेन्टल्ली बिग्रेको छ, त्यसले भन्छ, सबैको त बिग्रेको हुँदैन नि !’

त्यसपछि एमालेका मुख्य सचेतक विशाल भट्टराईले नियमापत्ति गर्दै हात उठाए । उनले भने, ‘नियम २६ बमोजिम नियमापत्ती गरेको छु । व्यक्तिलाई इंगित गरेर मानसिकता खराब भएको, मेन्टल्ली डिसअर्डर भएको जस्ता कुरा गर्न उहाँसँग प्रमाण के छ ?’

उनले थप प्रश्न गरे – ‘प्रत्येक सदस्यले प्रत्येक सदस्यलाई स्वास्थ्यको परीक्षणका बारेमा बताउन मिल्छ कि मिल्दैन ? आधार के छ, कसले प्रमाणित गरेको छ ?’

भट्टराईले सदनमा अमर्यादित र संसदलाई नसुहाउने अभिव्यक्ति आएको भन्दै रेकर्डबाट हटाउन माग गरे । ‘अन्यथा नेकपा एमालेले कुनै हालतमा सहँदैन,’ भट्टराईले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट