काँग्रेसकै कार्यकर्ताद्वारा प्रधानमन्त्री देउवाको घर घेराउ, दिए यस्तो चेतावनी-Sutra News

काँग्रेसकै कार्यकर्ताद्वारा प्रधानमन्त्री देउवाको घर घेराउ, दिए यस्तो चेतावनी

बिहिबार, २८ साउन २०७८

बिहिबार, २८ साउन २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा काँग्रेसका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।



देउवाको बेवास्ताका कारण १४ औं महाधिवेशन समयमा नै नहुने निश्चित भएपछि तोकिएको समयमा नै गराउनका लागि ध्यानाकर्षण गर्दै उनीहरुले देउवा निवासकै अगाडी आएर प्रदर्शन गरेका हुन् ।

तोकिएकै समयमा महाधिवेशन सम्पन्न गराउन दबाब दिनका लागि प्रदर्शन गरिएको एक नेताले जानकारी दिए ।

समयमा नै महाधिवेशन नहुने भएपछि काँग्रेसको रामचन्द्र पौडेल पक्षले विरोध जनाएको छ । पौडेल पक्षले समयमा नै महाधिवेशन हुन नसके भदौ २३ पछि देउवालाई काँग्रेसको सभापति मान्न नसकिने बताइसकेको छ ।

बाहिर आन्दोलन चलेको छ भने भित्र बैठक बस्ने तयारी भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट