अफताव आलमको मुद्दामा आज सुनुवाइ हुँदै, यी हुन् इजलासमा रहने न्यायाधीश-Sutra News

अफताव आलमको मुद्दामा आज सुनुवाइ हुँदै, यी हुन् इजलासमा रहने न्यायाधीश

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलामको मुद्दा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ ।



आलमको मुद्दा न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएको छ ।

कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि सांसद आलम असोज २६ गते पक्राउ परेका थिए । तर २७ गते रौतहट काँग्रेसले आलम पक्राउको विरोधमा जिल्ला सदरमुकाम चन्द्रनिगाहपुरमा जुलुस निकालेको थियो ।

२०६४ चैत २७ गते राति राजपुर नगरपालिकाको फरदवा गाउँमा पहिलो संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा त्यहाँ केही मानिसको मृत्यु भएको थियो भने केही घाइते भएका थिए ।

प्रमाण नष्ट गर्नका लागि घाइते भएकालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा किटानी जाहेरी परेपछि उनलाई प्रहरीले खोजी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट