कोरोनाको खोप भन्दै एक नर्सले ८ हजार जनालाई नुनपानी लगाइदिएपछि…-Sutra News

कोरोनाको खोप भन्दै एक नर्सले ८ हजार जनालाई नुनपानी लगाइदिएपछि…

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

कोरोना भाइरसका कारण विश्व नै आतंकित बनेको छ । कोरोनाबाट बच्नका लागि मानिसहरुले खोप लगाउन सुरु गरिसकेका छन् ।



विश्वका कतिपय ठाउँहरुमा कोरोना खोप उपलब्ध नभएका कारण धेरै मनिसहरु कोरोना खोप लगाउनबाट बन्चित हुनुपरेको छ ।

जर्मनीमा एउटा रहस्यमय घटना भएको छ । जहाँ एक स्वास्थ्यकर्मीले कोरोनाको खोप भन्दै स्लाइन पानी दिएको खुलेको छ ।

जर्मनीको नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा स्वास्थ्यकर्मीले यस्तो गरेको खुलेको हो ।

यस घटनामा प्रत्यक्षदर्शीसँग बयान लिने क्रम जारी छ। हालसम्म यस घटनाविरुद्ध कुनै पनि मुद्दा दर्ता गरिएको छैन।

क्षेत्रीय प्रसारक एनडीआरका अनुसार ८,५५७ मानिसहरूलाई पुनः खोप लगाउनका लागि निर्देशन दिइएको छ। 

जसमध्ये ३,६०० जनाले मात्र खोप दोहोर्‍याउनका लागि समय लिएका छन्।

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट