ओलीलाई ‘मेन्टल्ली’ भनेका यादवको सम्बोधन रेकर्डबाट हटाइयो  -Sutra News

ओलीलाई ‘मेन्टल्ली’ भनेका यादवको सम्बोधन रेकर्डबाट हटाइयो  

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

बिहीबार प्रतिनिधिसभाको बैठकमा माओवादी नेता मात्रिका यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको विषयमा गरेको टिप्पणीलाई संसद सचिवालयको रेकर्डबाट हटाइने भएको छ ।



प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदले चर्को विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई हटाउन निर्देशन दिएका हुन् ।   

संसदमा बोल्दै यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै भनेका थिए, ‘प्रधानमन्त्री हुन संविधान स्वीकार्ने, प्रधानमन्त्री हुन सम्झौता तोड्ने, प्रधानमन्त्रीमै हुन गठबन्धन बनाउने, प्रधानमन्त्रीमै रहन त्यसलाई पनि तोड्ने, नैतिकता हुनुपर्दैन ?’

उनले ओलीमाथि सुगा रटान गरेजस्तो परमादेश भनिरहेको आरोप लगाए । ‘सुगा रटान जस्तो, परमादेश, परमादेश, परमादेश,’ यादवले भने, ‘जसको मेन्टल्ली बिग्रेको छ, त्यसले भन्छ, सबैको त बिग्रेको हुँदैन नि !’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट