माओवादीले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा-Sutra News

माओवादीले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रके स्थायी कमिटीको बैठक बोलाएको छ ।



बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । केन्द्रीय कमिटी बैठकको तयारीका लागि बैठक बस्न लागेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

माओवादीले शनिबार केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

माओवादीले अहिलेसम्म सरकारमा सहभागी हुने नेताको नाम टुंगो लगाउन सकेको छैन ।

पार्टीभित्रका धेरै सांसदहरुले मन्त्री बन्ने चाहना देखाएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू तनावमा रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट