जडीबुटी सङ्कलन गर्न गएका २ जना साँघु नदीमा खसेर वेपत्ता-Sutra News

जडीबुटी सङ्कलन गर्न गएका २ जना साँघु नदीमा खसेर वेपत्ता

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

काठको साँघु तर्ने क्रममा  चिप्लिएर  नदीमा खस्दा  दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया  सुनिता रावल छन् । 



हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ ।

 उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुटी सङ्कलन गर्न जाने क्रममा बुधबार साँझदेखि बेपत्ता भएका स्थानीयवासी तारा रावलले जानकारी दिए । हराइ रहेकाहरुको खोजी  जारी रहेको उनले बताए । 

जडीबुटी सङ्कलनका लागि थाली गाउँका करिब ३० जना गएका बताइएको छ ।  हुम्लासहित बाजुरा, मुगु, बझाङलगायत नागरिक यस याममा जडीबुटी सङ्कलन गर्न पाटनतिर जाने गर्दछन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट