दोलखाको वोच प्रहरी चौकीमा आगलागी-Sutra News

दोलखाको वोच प्रहरी चौकीमा आगलागी

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

दोलखाको भीमेश्वर नगरपालिका–८ वोचमा अवस्थित वोच प्रहरी चौकीमा विद्युत् सर्ट भई आज आगलागी भएको छ । 



सो चौकी अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो ।  आगलागीबाट  टहरासहित केही हतियारसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अञ्जन कोइरालाले जानकारी दिए । 

भीमेश्वर नगरपालिकको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट