उपत्यकामा भयावह बन्दै कोरोना संक्रमण, एकैदिन १ हजार ८९ संक्रमित थपिए-Sutra News

उपत्यकामा भयावह बन्दै कोरोना संक्रमण, एकैदिन १ हजार ८९ संक्रमित थपिए

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ०२ हजार ५६६ पुगेको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ११८ संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ ।

सोही अवधिमा थप २७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट