साँझको समयमा भुलेर पनि नगर्नुहोस् यी ७ कामहरु, पछुताउनुपर्ला !-Sutra News

साँझको समयमा भुलेर पनि नगर्नुहोस् यी ७ कामहरु, पछुताउनुपर्ला !

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

मानिसहरु कुनै पनि कामलाई आफ्नो मुड र अनुकुलताअनुसारको समयमा गर्छन् । तर धर्मशास्त्रहरुमा विश्वास गर्ने हो भने कैयन यस्ता कामहरु छन्, जसलाई साँझको समयमा गर्न हुँदैन ।



धर्मशास्त्रले साँझमा गर्न हुँदैन भनेर निषेध गरेका केही कामहरु छन्, ति कामहरु साँझको समयमा गरेमा देवी–देवताले उसको घरमा बास नगर्ने विश्वास गरिन्छ ।

– हुन त आजभोलि घरअगाडि तुलसीको मोठ बिरलै देख्न पाइन्छ । केही वर्षअघिसम्म अधिकांश घरअघि अनिवार्य तुलसीको मोठ हुन्थ्यो । यदि तपाईंको घरमा तुलसीको मोठ छ भने, साँझको समयमा कहिल्यै जल अर्पण नगर्नुहोस् । साथै तुलसी पत्ता पनि साँझको समयमा नटिप्नुहोस् । तर, साँझको समयमा तुलसीको मोठमा दीप प्रज्वल्लन गर्नुहोस्, जसले घरमा सुख–संवृद्धिको बास हुन्छ ।

– साँझको समयमा कुचो नलगाउनुहोस् । यस्तो गर्दा घरको सकारात्मक उर्जा बाहिर जाने र नकारात्मक तत्व घरभित्र प्रवेश गर्ने धार्मिक विश्वास छ । यसो गर्दा घरमा दरिद्रताले बास गर्छ, भन्छन् शास्त्रहरु ।

– त्यसो त कसैको निन्दा र गलत काम कुनै समयमा पनि गर्नु हुँदैन, अझ साँझको समयमा भुलेर पनि त्यस्तो काम नगर्नुहोस् ।

– साँझको समय शारीरिक सम्बन्ध राख्नलाई पनि धर्मशास्त्रहरुले निषेध गरेका छन् । यो समय कामुकता होइन, घरको वातावरण धार्मिक र पवित्र बनाइराख्नुहोस् ।

– क्रोध मानवको सबैभन्दा ठूलो दुश्मन हो । रिसले आफूलाई त दुःखी बनाउँछ नै, आसपासको वातावरण पनि बिगारिदिन्छ । साँझको समयमा धनकी देवी लक्ष्मीले पृथ्वी भ्रमण गर्छिन्, यदि तपाईं क्रोधित र अशान्त रहनुभयो भने उनको कृपा तपाईंमाथि रहने छैन ।

– साँझको समयमा पढाई पनि उपयुक्त हुँदैन भनिन्छ । समय मिल्छ बिहानको समयमा पढ्नुहोस्, बिहान पढ्दा तपाईंले जति सम्झिन सक्नुहुन्छ, त्यति साँझमा सम्भव हुँदैन । धर्मशास्त्रहरुले पनि साँझ पढ्नका लागि उपर्युक्त समय होइन, भन्छन् ।

– ठ्याक्कै साँझमा खाना पनि नखानुहोस् । बेलुकाको खाना खानका लागि करिब ८ बजेको समय उपर्युक्त हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट