सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट, साढे १७ लाख बढीको हात खाली-Sutra News

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट, साढे १७ लाख बढीको हात खाली

शनिबार, ३० साउन २०७८

शनिबार, ३० साउन २०७८

सानिमा लाइफ इन्स्योरेन्सले आइपिओ बाँडफाँट गरेको छ ।



कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्कासनमा ल्याएको सेयर शनिबार बाँडफाँट गरेको हो ।

५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत् १० कित्ताको दरले सेयर पाएका छन् भने साढे १७ लाख  ६८ हजार १२२ जनाको हात खाली भएको छ ।

सानिमाको आइपिओमा २४ लाख १९ हजार ८४८ जनाको आवेदन परेको थियो। त्यसमध्ये २३ लाख ८ हजार १२२ योग्य आवेदन परेको थियो भने एक लाख ११ हजार ७२६ जनाको आवेदन रद्द भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट