काठमाडौँ उपत्यकामा थप ७९५ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

काठमाडौँ उपत्यकामा थप ७९५ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, ३० साउन २०७८

शनिबार, ३० साउन २०७८

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५३५, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना कोरोना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ६२४ जनामा संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट